कप्तान एन्जिलाले सेथु एफसीबाट आईलिग खेल्ने – Nepal Press

कप्तान एन्जिलाले सेथु एफसीबाट आईलिग खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय महिला आईलिग खेल्ने भएकी छिन् । उनलाई सेथु एफसीले केहिदिन अघि एक वर्षको सम्झौतामा क्लबमा भित्र्याएको हो ।

विभागिय क्लब एपीएफ साथै राष्ट्रिय टिमको गोल पोष्ट सम्हाली रहेकी एन्जिलाले पहिलो पटक आईलिग खेल्न लागेकी हुन् ।यसअघि स्ट्राइकर साबित्रा भण्डारी र अनिता बस्नेतले पनि सेथु बाटै आइलिग खेलेर च्याम्पियन बनाएका थिए ।

साबित्रा अहिले गोकुलम केरेला एफसीमा आबद्ध छिन् ।पहिलो पटक आईलिग खेल्न पाउँदा खुसी महसुस भएको एन्जिलाले नेपाल प्रेसलाई बताइन् ।

‘पहिलो पटक खेल्न लागेको एकदमै खुसी छु । केहिदिन अगाडिमात्रै खेल्ने पक्का भयो । अब नेपालमा लिग भएन भने डिसेम्बरमै उता जनो कुरा छ।,’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर