जब इमरान खानविरुद्ध ‘घडी चोर’ को नारा लाग्यो (भिडिओसहित) – Nepal Press

जब इमरान खानविरुद्ध ‘घडी चोर’ को नारा लाग्यो (भिडिओसहित)

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध ‘घडी चोर’ को नाराबाजी भएको छ । पाकिस्तानको लाहोरमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा सर्वसाधारणले उनलाई घेरा हाल्दै ‘घडी चोर’को नारा लगाएका हुन् ।

सार्वजनिक भिडिओमा आफूविरुद्ध लगाइएको नारामा कुनै प्रतिक्रिया नदिए पनि खान केही असहज मुद्रामा देखिएका छन् । गत अक्टोबर २१ मा पाकिस्तानको निर्वाचन आयोगले इमरान खान सत्तामा रहेको वेला उनले प्राप्त गरेको उपहारको सही जानकारी नदिएको ठहर गर्दै पाँच वर्ष चुनाव लड्न अयोग्य ठहर गरेको थियो ।

निर्वाचन आयोगको उक्त निर्णयलाई नै संकेत गर्दै उनीविरुद्ध घडी चोरको नाराबाजी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानमा प्रधानमन्त्री, राष्ट्रपति वा अन्य पदमा रहेका व्यक्तिले पाएको उपहारको जानकारी नेशनल अर्काइभमा दिनुपर्ने नियम छ ।

नियमअनुसार यदि उपहार १० हजार पाकिस्तानी रुपैयाँको भएमा सम्बन्धित व्यक्तिले कुनै पनि पैसा नदिई सो उपहर आफैसँग राख्न पाउँछ । यस्तै उपहारको मूल्य १० हजारभन्दा बढी भएमा २० प्रतिशत मूल्य तिरेर उपहार आफूसँग राख्न सकिने प्रावधान छ ।

यदि उपहार ४ लाखभन्दा बढीको छ भने केवल वजीर-ए-आजम (प्रधानमन्त्री) वा सदर-ए-रियासत (राष्ट्रपति) ले सो उपहार किन्न पाउँछन् । अन्यथा सो उपहारलाई लिलामी गरिन्छ ।

इमरानविरुद्ध उनले २.१५ करोडमा किनेको उपहार ५ करोडभन्दा माथिमा बेचेको पनि आरोप छ । इमरान नेतृत्वको पाकिस्तान तारिखे इन्साफले भने आयोगको उक्त निर्णयको खण्डन गर्दै अदालत जाने घोषणासमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *