पाकिस्तानमाथि जिम्बावेको एक रनको रोमाञ्चक जित – Nepal Press

पाकिस्तानमाथि जिम्बावेको एक रनको रोमाञ्चक जित

काठमाडौं । अस्ट्रेलियामा जारी आईसिसी टी ट्वान्टी विश्वकपमा पाकिस्तानले लगातार दोस्रो हार ब्यहोरेको छ।

सुपर १२ को आफ्नो दोस्रो खेलमा पाकिस्तानले बिहीबार जिम्बावेसँग एक रनको हार ब्यहोरेको हो ।

एक सय ३१ रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २९ रन मात्र जोड्न सक्यो। पाकिस्तानलाई अन्तिम तीन बलमा जितका लागि दुई रन आवश्यक रहेका बेला चौथो बलमा रन जोड्न सकेन भने त्यसपछि लगातार दुई विकेट गुमाएको थियो।

पाकिस्तानका सान मसुदले सर्वाधिक ४४ रन बनाए। मोहम्मद रिजवानले १४, बाबर आजमले ४, इफ्तिकर अहमदले ५ र सदाब खानले १७ रन जोडे। यस्तै मोहम्मद नवाजले १८ रन बनाए।

जिम्बावेका सिकन्दर रजाले चार ओभरमा २५ रन खर्चिएर तीन विकेट लिए। ब्राड इभान्सले पनि दुई विकेट लिए। त्यसअघि जिम्बावेको पालीमा सिन विलियम्सले ३१, कप्तान क्राइग इभान्सले १९ र ब्राड इभान्सले १९ रन बनाए।

पहिलो खेलमा भारतसँग ४ विकेटले पराजित भएको पाकिस्तानको लगातार दोस्रो पराजयले अघिल्लो चरणको यात्रा कठिन बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर