टी-२० विश्वकप : आयरल्यान्डले इंगल्यान्डलाई हरायो – Nepal Press

टी-२० विश्वकप : आयरल्यान्डले इंगल्यान्डलाई हरायो

काठमाडौं । जारी टी–२० विश्वकपमा एसोसियट राष्ट्रहरूको सनसनी जारी छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिइसकेको छ ।

आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्यान्डले अस्ट्रेलियालाई समेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो ।

बुधवार भएको खेलमा आयरल्यान्डले इंंगल्यान्डलाई पराजित गरेर अर्को उलटफेर गरेको छ ।

वर्षा बाधक बनेको खेलमा डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इंगल्यान्डलाई पाँच रनले पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर