फुटबलरद्वय अभिषेक रिजाल र सुमन अर्यालले पनि अष्ट्रेलिया रोजे – Nepal Press

फुटबलरद्वय अभिषेक रिजाल र सुमन अर्यालले पनि अष्ट्रेलिया रोजे

काठमाडौं । नेपाली फुटबलरको विदेश पलायन लहरमा चर्चित फुटबलरहरु पनि थपिन थालेका छन्। राष्ट्रिय टोलीका नियमित सदस्य सुमन अर्याल र विदेशी लिगसमेत खेलिरहेका अभिषेक रिजाल पनि विदेशिएका छन्।

उनीहरु मंगलबार अष्ट्रेलियातर्फ लागेका छन्। केही समय अघि विमल राना, अमिर श्रेष्ठसहितका फुटबलर पनि अष्ट्रेलिया पुगेका थिए। पछिल्ला केही वर्षमा अष्ट्रेलिया रोज्ने नेपाली फुटबलरको संख्या एक दर्जन नाघेको छ।

यसमा एन्फा एकेडेमीकै उत्पादनहरु पनि छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *