चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा – Nepal Press

चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति आरबी साल्जवर्गलाई २-१ गोलको नतिजामा पराजित गर्दै समूह ‘ई’को विजेताको हैसियतले चेल्सि अन्तिम १६ पुगेको हो ।

खेलको २३औं मिनेटमा माटिओ कोभासिसले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा चेल्सीले अग्रता बनाएपनि साल्जवर्गका जुनियर आदामुले ४८औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

काई हार्भेट्सले ६४औं मिनेटमा गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाएका थिए । जुन जितका लागि पर्याप्त बन्यो ।

जितसँगै चेल्सी पाँच खेलबाट १०अंकसहित तालिकाको हिर्ष स्थानमा छ । दोस्रो स्थानको एसी मिलानको ७ अंक छ । पराजित साल्जवर्ग ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर