युरोपियन च्याम्पियन रियाल मड्रिड लाइप्जिगसँग पराजित – Nepal Press

युरोपियन च्याम्पियन रियाल मड्रिड लाइप्जिगसँग पराजित

काठमाडौं । युरोपियन च्याम्पियन रियाल मड्रिड आरबी लाइप्जिगसँग पराजित भएको छ । च्याम्प्यिन्स लिग अन्तर्गत समूह ‘एफ’को खेलमा बुधबार लाइप्जिगले मड्रिडलाई घरेलु मैदानमा ३–२ गोलको नतिजामा पराजित गरेको हो ।

जोस्को जिभ्दिओेलले खेलको १३औं मिनेटमा गोल गर्दै लाइप्जिगलाई सुरुआती अग्रता दिलाएका थिए । क्रिस्टोफेर इङकान्कुले १८औं मिनेटमा लाइप्जिगको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा भिनिसियस जुनियरले गोल गर्दै रियालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, टिमो वेरनर्रले ८१औं मिनेटमा गोल गर्दै लाइप्जिगको अग्रता २–१ बनाएका थिए ।

खेलको इन्जुरी समयमा रियालका लागि रोड्रिगोले पेनाल्टि मार्फत गोल गरेपनि जितका लागि पर्याप्त बन्न सकेन ।

समूह एफमा ५ खेलबाट १० अंकसहित रियाल तालिकाको शिर्ष स्थानमा छ । लाइप्जिग समान खेलबाट ९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर