तीन महिनामै अर्बपति क्लबमा उभिए यी ६ बैंक, एक दर्जन बैंकको नाफामा धक्का (सूचीसहित) – Nepal Press

तीन महिनामै अर्बपति क्लबमा उभिए यी ६ बैंक, एक दर्जन बैंकको नाफामा धक्का (सूचीसहित)

काठमाडौं । बैंकहरूले चालू आर्थिक वर्षको (२०७९/८०) तीन महिनाको (साउनदेखि असोज मसान्तसम्म) अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । पहिलो त्रैमासमा बैंकको नाफा ६ प्रतिशतको हाराहारीमा देखिएको छ । २६ वटा वाणिज्य बैंकहरूमा एक दर्जन बैंकको नाफा भने घटेको छ । यस्तै ६ वटा बाणिज्य बैंक पहिलो तीन महिनामै अर्बपति क्लबमा उभिएका छन् । अर्बपति क्लबमा उभिनेमा एनआईसी एशिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंक छन् । रकमको हिसाबले एनआईसी एसियाको नाफा बढी छ भने नाफा वृद्धिदरमा प्रतिशतको हिसाबले भने कुमारी बैंकको बढी छ । यसबैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८५.०७ प्रतिशतले वृद्धि भएको हो । कुमारी बैंक र एनसीसी बैंक मर्जरको प्रक्रियामा छन् ।

अर्बपति क्लबका बैंक कसको नाफा कति ?

एक दर्जन बैंकको नाफामा धक्का

आधा दर्जन बैंकले अर्बमाथि नाफा गर्दा एक दर्जन बैंकको नाफा भने प्रभावित भएको छ । सनराइज बैंक र कृषि विकास बैंकको नाफामा भारी गिरावट छ । सनराइज बैंकको गत वर्षको यसै अवधिभन्दा अहिले ६१ प्रतिशत भन्दा बढीले नाफा घटेको छ । यस्तै कृषि विकास बैंकको पनि ५४ प्रतिशतले नाफा घटेको छ । एनसीसी बैकको नाफा भने झिनो अंकले घटेको छ । एनसीसीसँग मर्जरको प्रक्रियामा रहेको कुमारी भने अर्बपति क्लबमा छ ।

नाफा गरेका तर अर्बपति क्लबभन्दा बाहिरका यी ८ बैंक

एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, नेपाल एबिआइ बैंक, हिमालयन बैंक, सिभिल बैंक, सेञ्चुरी कर्मसियल बैंक, बैंक आफ काठमाडौंको पनि नाफा बढेको छ । तर, यिनीहरूको नाफा अर्बभन्दा कम छ ।

प्रतिक्रिया

One thought on “तीन महिनामै अर्बपति क्लबमा उभिए यी ६ बैंक, एक दर्जन बैंकको नाफामा धक्का (सूचीसहित)

  1. व्यापारीहरु र जनता सडकमा तर बैंक हरु अरब पती कस्तो मुलुकको जनता संग जन्म लिन पुएछ जंगलका सिंह सिंग को बस भएका अन्न पशुको देश शिकार छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *