प्रभु बैंकको खुद नाफा ७७ करोड – Nepal Press

प्रभु बैंकको खुद नाफा ७७ करोड

काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ करोड २९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख खुद नाफा कमाएको थियो ।

बैंकद्वारा आज प्रकाशित पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार ३० करोड ९३ लाख रूपैयाँ वितरणयोग्य नाफा कमाएको छ । १ खर्ब ७८ अर्ब ६५ करोड निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब ८ करोड कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत छ ।

यसैगरी, चालू आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५१ प्रतिशत, स्प्रेडदर ३.९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिशेयर आम्दानी २२ रूपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *