कुमारी बैंकसँग मर्जर प्रस्ताव पारित गराउन एनसीसीले डाक्यो साधारणसभा – Nepal Press

कुमारी बैंकसँग मर्जर प्रस्ताव पारित गराउन एनसीसीले डाक्यो साधारणसभा

काठमाडौं । एनसीसी बैंकले मर्जर प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । सभाबाटै गत आर्थिक वर्ष प्रस्ताव गरेको लाभांश पनि पारित हुनेछ । बैंकले गत आवका लागि प्रस्ताव गरेको चुक्ता पुँजीको ११ प्रतिशत लाभांश सभाले अनुमोदन गर्ने एजेण्डा छ ।

जसमध्ये बैंकले ३.३७ प्रतिशत बोनस शेयर र ७.६३ प्रतिशत नगद हो । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन र वासलात नाफा नोक्सानबारे पनि छलफल हुनेछ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक एक-आपसमा मर्जरमा जान लागि विशेष प्रस्तावतर्फ सभाले मर्जरका लागि संचालकले गठन गरेको समितिको कार्य अनुमोदन गर्ने, नयाँ मर्जर समिति बनाउने, डीडीए गराउने लगायतको अख्तियारी दिँदैछ ।

यी दुवै बैंक बराबरी हैसियतमा गाभिँदै छन् । साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार कात्तिक १४ सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य मानिने छन् । कम्पनीको २५ औं साधारणसभा मंसिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *