जीवनभरको सपना पूरा गर्ने निम्तो पाए, छिट्टै भेटौँला नेपाल: मिस वर्ल्ड क्यारोलिना – Nepal Press

जीवनभरको सपना पूरा गर्ने निम्तो पाए, छिट्टै भेटौँला नेपाल: मिस वर्ल्ड क्यारोलिना

काठमाडौं । यसवर्षकी विश्व सुन्दरी क्यारोलिना बिलवस्काले छिट्टै नेपाल भ्रमणमा आउने बताएकी छन् ।

‘द क्लाइमेट चेन्ज ग्लोबल इन्भेष्टमेन्ट फर सस्टेनेबल डेभलपमेन्ट’को सम्मेलनमा सहभागी हुन लण्डन पुगेकी बिलवस्काले छिट्टै नेपाल भ्रमणमा आउने बताएकी हुन् ।

लण्डनमा नशानदार गाला डिनरमा नेपालबाट ‘हिमालय जेट’का मालिक दीपेन्द्र गुरुङले हिमालय अवलोकन सहित नेपाल भ्रमण गर्न निमन्त्रणा दिएको भन्दै उनले धन्यवाद दिइन् । उनले जीवनभरको सपना पूरा गर्ने मौका मिलेको बताइन् ।

उनले भनेकी छन्,‘नेपाल आउन निमन्त्रणा !!
‘द क्लाइमेट चेन्ज ग्लोबल इन्भेष्टमेन्ट फर सस्टेनेबल डेभलपमेन्ट’को शानदार गाला डिनरमा मलाई लन्डनमा आमन्त्रित गर्नुभएकोमा नेपालबाट ‘हिमालया जेट’ मालिक गुरुङ परिवारलाई धन्यवाद दिन चाहन्छु, र दीपेन्द्र गुरुङले मेरो जीवनभरको सपना पूरा गर्ने निम्तो दिनुभएकोमा, भव्य हिमालय अवलोकन सहित नेपाल भ्रमण !
छिट्टै भेटौँला नेपाल !💙

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *