डिल्लीबजार मालपोतका सहयोगी घुससहित पक्राउ – Nepal Press

डिल्लीबजार मालपोतका सहयोगी घुससहित पक्राउ

काठमाडौं । डिल्लीबजार मालपोतका कार्यालय सहयोगी घुसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडा ५ हजार घुस माग्दा पक्राउ परेका हुन् ।

मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिएको आरोप उनीमाथि लागेकाे छ ।

उनको साथबाट स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय रुपैयाँ र ७ लाख ५० हजारको चेक पनि नियन्त्रणमा दिइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *