गायक टिका सिवकोटी र शान्तिश्री परियारको स्वरमा तिहार गीत ‘सलल झलल’ – Nepal Press

गायक टिका सिवकोटी र शान्तिश्री परियारको स्वरमा तिहार गीत ‘सलल झलल’

काठमाडौं । तिहारको बेला बज्ने एउटै गीत मात्र किन ? अब तिहार लक्षित नयाँ गीत लिएर आएका छन् टिका सिवाकोटी ‘आदर्श’ ।

गायक तथा व्यवसायी टिका सिवाकोटी र गायिका शान्तिश्री परियारको स्वरमा तिहार विशेष देउसी गीत ‘सलल झलल’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

टिका सिवाकोटीकै शब्द र स्वर रहेको सो देउसी गीतमा तिल क बस्नेतले संगीत दिएका छन् । म्युजिक भिडिओ देउसी भैलोका लागि उपयुक्त रहेको छ ।

सिवाकोटीले तिहारलक्षित ल्याएको यो म्युजिक भिडिओबाहेक हालै मात्र प्राण रानी नामक नयाँ गीत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *