‘पियार’मा निराजनलाई फकाउदै प्रियंका कार्की (भिडिओ) – Nepal Press

‘पियार’मा निराजनलाई फकाउदै प्रियंका कार्की (भिडिओ)

काठमाडौं । ‘पियार’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लीला गजमेरको एकल स्वर रहेको ‘पियार’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लेखु सहयात्राीको शब्द तथा संगीत रहेको छ भने विषम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ ।

यो गीतको भिडियोलाई मौसन हिमालीले निर्देशन गरेका हुन भने कोरियोग्राफी पनि हिमालीकै रहेको छ ।

पियार बोलको भिडियोलाई निर्देशक हिमालिले राम्रो बनाउनुका साथै डान्सिङ शैलीमा तयार परेका छन् । भिडिओमा एउटा सिंगो कथा बुनेका छन् । जहाँ, संवाद पनि समावेश छ । एक ट्रक ड्राइभरले आफ्नो भट्टि साहुनी प्रेमिकाको बारेमा अरुको मुखबाट नराम्रो सुनेकाले प्रेमी रिसाएको कथामार्फत दर्शाइएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको छ । अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्कीको रहेको छ ।

बिहीबार सार्वजनिक भएको भिडियो ओएसआरको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ ।

भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *