निक्षेप संकलनमा एनआइसी एसिया अगाडि, कर्जा परिचालनमा इन्भेष्टमेन्ट – Nepal Press

निक्षेप संकलनमा एनआइसी एसिया अगाडि, कर्जा परिचालनमा इन्भेष्टमेन्ट

काठमाडौं । वाणिज्य बैंकमा चालु आर्थिक वर्षको तीन महिनामा निक्षेप संकलनमा सबैभन्दा अगाडी एनआइसी एसिया बैंक देखिएको छ ।

असार मसान्त देखि असोज मसान्तसम्म एनआइसी एसियाले तीन महिनामा १३ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । २६ वटा वाणिज्य बैंकमा यो सबैभन्दा बढी हो ।

दोस्रो बढी निक्षेप संकलन गर्नेमा नेपाल एसबीआइ बैंक रहेको छ । यस बैंकले ७ अर्ब ६९ करोड रुपैयाँ निक्षेप थपेको छ ।

तेस्रोमा स्ट्याण्डर्ड चार्टड बैंक रहेको छ । तीन महिनामा यो बैकमा ७ अर्ब ३५ करोड रुपैयाँ निक्षेप थपिएको छ । कृषि विकास बैंक , बैंक अफ काठमाडाैं, सिभिल, कुमारी, माछापुच्छ्रे बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको निक्षेप संकलन भने घटेको छ ।

यता सानिमा र सनराइज बैंकको पनि निक्षेप संकलन घटेको छ । कर्जा प्रवाहमा भने नेपाल इनभेष्टमेन्ट बैंक अघि देखिएको छ । तीन महिनामा औसतमा ४५ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले असोज महिनामा मात्र ३० अर्ब कर्जा प्रवाह गरेका छन् ।

असार मसान्तको तुलनामा असोज मसान्तसम्मको अवस्था हेर्दा इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी १० अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सानिमाले ७ अर्ब ११ करोड रुपैयाँ र नबिल बैंकले तीन महिनामा ५ अर्ब ३३ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

कृषि विकास बैंक, सेन्चुरी, राष्ट्रिय वाणिज्य बैंक, एनसिसि लगायत बैंकको कर्जा प्रवाह भने घटेको देखिन्छ ।

असोजमा मात्र ६१ अर्ब संकलन

पछिल्लो एक महिना यता भने वाणिज्य बैंकमा निक्षेप संकलन बढ्न थालेको छ । पछिल्लो एक सातामा मात्र २७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैकर्स संघले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । यो अवधिमा कर्जा प्रवाह २७ अर्ब रुपैयाँ भएको छ ।

वाणिज्य बैंकहरुमा असोजमा भने ६१ अर्ब निक्षेप संकलन भएको बैकर्स संघले जनाएको छ । पछिल्लो एक सातामा मात्र २७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैकर्स संघले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

यो अवधिमा कर्जा प्रवाह २७ अर्ब रुपैयाँ भएको छ । भदौ महिनाको तुलनामा भने असोजमा ६१ अर्ब बढी निक्षेप संकलन भएको छ । भदौ महिनामा ४४ खर्ब ८६ अर्ब निक्षेप रहेको बैंकमा असोज महिनामा ६१ अर्बले बढेर ४५ खर्ब ४७ अर्ब पुगेको छ ।

बैंकको निक्षेपसँगै कर्जा प्रवाह पनि बढेको छ । बैंहरुले असोज महिनामा ३० अर्ब रुपैयाँ ऋण प्रवाह गरेको छ ।

भदौको अन्तिममा बैंकले प्रवाह गरेको कर्जा ४१ खर्ब ९० अर्ब रहेको थियो भने असोज मसान्तमा आइपुग्दा यस्तो कर्जा प्रवाह ४२ खर्ब २० अर्ब पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *