दृश्य काँटछाँटबारे चलचित्र ‘२ नम्बरी’ सँग बोर्डले माग्यो स्पष्टीकरण – Nepal Press

दृश्य काँटछाँटबारे चलचित्र ‘२ नम्बरी’ सँग बोर्डले माग्यो स्पष्टीकरण

काठमाडौं । चलचित्र ‘२ नम्बरी’ बाट निर्माण पक्षले दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेपछि चलचित्र विकास बोर्डले स्पष्टीकरण मागेको छ।

निर्माण पक्षले करिब पाँच मिनेट भन्दा बढी दृश्य काटेको, सम्पादित फिल्मबाट केही समय घटाएको र ध्वनिमा पनि केही परिवर्तन गरेको भन्दै विकास बोर्डले स्पष्टीकरण खोजेको हो।

बुधवार निर्माता किरण नेपालीले दर्शकको मागलाई मध्यनजर गर्दै आफूहरूले चलचित्रमा केही परिवर्तन गरेको र पुनः सम्पादन गरेको जानकारी दिएपछि बोर्डले आपत्ति जनाएको हो ।

चलचित्रलाई काँटछाँट गरिएको वा सम्पादन गरिएको हो या होइन भन्ने विषयमा दुई दिनभित्र प्रष्टीकरण दिन सदस्य सचिव महेश पराजुलीले निर्माण कम्पनी रेडबर्ड प्रोडक्सनलाई उक्त विज्ञप्ति पेस गरेका हुन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *