तिहारमा दाजुभाइलाई मीठो खुवाउने अवसर, एनआईसी बैंकले दिन्छ १५ प्रतिशत छुट – Nepal Press

तिहारमा दाजुभाइलाई मीठो खुवाउने अवसर, एनआईसी बैंकले दिन्छ १५ प्रतिशत छुट

काठमाडौं । तिहारको चहलपहल बढेको छ । काठमाडौंका असनबजारदेखि विभिन्न डिपार्टमेन्ट स्टोरमा दाजुभाइ र दिदीबहिनीको घुइँचो बढ्न थालेको छ । धेरैले भाइ मसला, दिदीबहिनी वा दाजुभाइलाई उपहार किनिसकेका छन् । कोही किन्दै हुनुहुन्छ ।

तिहार र छठको अवसरमा आफ्नो दिदीबहिनी वा दाजुभाइलाई पक्कै पनि मीठोमसिनो खुवाउन चाहनुहुन्छ होला । अन्य सामान जस्तो खानाकुरा किनेर राख्ने कुरा पनि भएन । तिहार र छठको बिदामा विभिन्न फुड डेलिभरी कम्पनीले सेवा दिइरहेका छन् । दिदीबहिनी वा दाजुभाइलाई मीठो खुवाउने रहरलाई साथ दिएको छ एनआईसी एशिया बैंकले ।

मुलुकका दुई ठूला फुड डेलिभरी कम्पनी फूडमाण्डु र भोजडिलबाट खाना अर्डर गर्नुभयो र एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा ३५० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । त्यस्तै युजी केक्स र स्वाद सदनबाट अर्डर गर्दा १५ प्रतिशत छुट वा ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

दसैं, तिहार र छठको अवसरमा आफ्ना ग्राहकलाई चाडपर्वको खुशीयाली बाँड्न यस्तो छुट अफर ल्याएको एनआईसी एशिया बैंकले जनाएको छ ।

‘हामीले दसैंअघि नै यो अफर सुरु गरेका हौं । दसैंमा हाम्रा लाखौं ग्राहकले विभिन्न स्टोर, मर्चेन्टबाट यस्ता छुट र क्यासब्याक पाइसक्नुभएको छ’, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले भने, ‘तिहार र छठको अवसरमा पनि हामी दाजुभाइ तथा दिदीबहिनीसँग खुशी बाँड्न चाहन्छौं । दिदीबहिनी र दाजुभाइबीच मीठो खाने रहरमा हाम्रो साथ रहेको छ ।’

फूडमाण्डु र भोजडिल जस्तै २७ वटा मर्चेन्टमा एनआईसी एशिया बैंकले यस्तो कारोबार गर्दा १५ प्रतिशतसम्म छुट र २० प्रतिशत क्यासब्याक उपलब्ध गराएको छ । यसरी छुट अफर पाइनेमा सुपरमार्केटहरु, एयरलाइन्स, फुड डेलिभरी, ई-कमर्श प्लटेफर्मदेखि अन्य संस्थाहरु रहेका छन् ।

बैंकका अनुसार यो अफर कात्तिक १५ गतेसम्म रहेको छ । बैंकले भाटभटेनी सुपरमार्केट, सेल्सबेरी र साथीमार्टमा किनमेल गरेर डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ । भाटभटेनीमा भने लत्ताकपडा र जुत्ता किन्दा उक्त छुट अफर उपलब्ध छ । जुन छुट अधिकतम ५०० रुपैयाँसम्म उपलब्ध हुनेछ भने सेल्सबेरी र साथीमार्टमा अधिकतम ३०० रुपैयाँसम्म उपभोक्ताले लाभ लिन सक्नेछन् ।

त्यस्तै यती एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सको टिकट खरिद गर्दा एप वा वेबसाइटबाट बैंक साइबरसोर्स आईजीपी प्रणाली प्रयोग गरी ई–कमर्श भुक्तानी गर्दा ३ सय रुपैयाँ क्यासब्याक पाउन सकिन्छ ।

सीजी डिजिटल, बिग डिजिटल र त्रिवेणी ग्रुपबाट सामान खरिद गर्दा पनि छुट पाइनेछ । सीजी डिजिटलबाट २५ हजारभन्दा माथिका सामान खरिद गरेर एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा ७५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिन्छ । बिग डिजिटल र त्रिवेणी ग्रुपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा ७५० रुपैयाँसम्म क्यासब्यक प्राप्त गर्न सकिन्छ ।

अन्य आधा दर्जन ई–कमर्श प्लेटफर्मबाट सामान किन्दा पनि १५ प्रतिशत छुट वा ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिन्छ । ग्यापु, ठूलो डटकम, साझाडिल, यूजी केक्स र स्वाद सदनबाट सामान खरिद गरेर एनआईसी एशिया बैंकको डेबिट र डेबिट कार्डबाट भुक्तानी गर्दा उक्त सुविधा उपभोग गर्न पाइन्छ ।

त्यस्तै इभो स्टोर, सामसङ प्लाजा, टिटान, चियर्स इन्टरप्राइजेज, फरएभ्रीजिएन, जीबी हेल्थ, रिम्याक्स इन्टरप्राइजेज, मेरो किनमेल, मोड ट्वान्टी थ्रि, लस्कर फुड्स एण्ड डेलिभरी र ओखर स्टोरमा किनमेल गर्दा एनआईसी एशिया बैंकले विशेष छुट उपलब्ध गराएको छ ।

यी स्टोरमध्ये इभो स्टोर र सामसङ प्लाजामा १५ प्रतिशत छुट वा अधिकतम १५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ । नेपाल ट्रेड नेटवर्क (टिटान) मा १५ प्रतिशत छुट वा ३ सय रुपैयाँको क्यासब्याक उपलब्ध छ । अन्य स्टोरमा भने १५ प्रतिशत छुट वा ३ सय रुपैयाँ क्यासब्याक उपलब्ध रहेको छ । यो सुविधा लिन एनआईसी एशिया बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

२५ वर्षदेखि सञ्चालनमा बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ सञ्चालन गरेर ग्राहकलाई सेवा सुविधा उपलब्ध गराइरहेको छ । शहरी क्षेत्रमा मात्र नभएर विकट, दुर्गम, सहरोन्मुख क्षेत्रमा पनि बैंकले सेवा सञ्चालन गरिरहेको छ ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *