कालोपट्टी बाँधेर चर्को बैंक ब्याजविरुद्ध रुपन्देहीका व्यापारीले गरे विरोध – Nepal Press

कालोपट्टी बाँधेर चर्को बैंक ब्याजविरुद्ध रुपन्देहीका व्यापारीले गरे विरोध

रुपन्देही । रुपन्देही व्यापार संघले चर्को बैंक ब्याजविरुद्ध हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध सुरू गरेको छ ।

नेपाल राष्ट्र बैंकले २०७९ भदौ ७ गते इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा कात्तिक १ देखि लागू हुने गरी जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट उत्पन्न परिस्थितिप्रति संघले आपत्ति जनाएको छ । बुटवलका हाटजबार लाइन, अमरपथ, ट्राफिकचोक, जेसिस चोकमा व्यवसायीहरूले कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

यसैगरी रुपन्देहीका उद्योगी तथा व्यापारिक संस्थाहरूको सञ्जालले संयुक्त रूपमा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

संघका महासचिव दयानिधि भण्डारीले पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरूबाट विनाकारण पटकपटक ब्याजमा भइरहेको वृद्धिले मर्का परेका बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *