साढे दुई लाख धरौटी बुझाएर छुटे अपूर्व क्षितिज – Nepal Press

साढे दुई लाख धरौटी बुझाएर छुटे अपूर्व क्षितिज

काठमाडौं । कमेडियन अपूर्व क्षितिज साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आज काठमाडौं जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी उक्त रकम बुझाएर छुटेका हुन् ।

अदालतले थुनछेकको बहसपछि बिहीबार उक्त आदेश गरेको हो ।

क्षितिजविरुद्ध चारवटा कसुरमा मंगलबार मुद्धा दर्ता भएको थियो । युट्युबमा अपलोड भएको भिडियोलाई लिएर आलोचना भएपछि अपूर्वले माफी माग्दै त्यसलाई हटाएका थिए । यद्यपी जाहेरी परेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *