दुवाथलनमा किरण र इन्द्रकलालाई स्वर्ण – Nepal Press

दुवाथलनमा किरण र इन्द्रकलालाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत दुवाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबका किरण लिम्बु र महिलातर्फ त्रिभुवन आर्मी क्लबी इन्द्रकला नेम्वाङले स्वर्ण पदक जितेको छ ।

किरणले ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् । आर्मीका मनबहादुर थापा मगरले निर्धारित दूरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भए ।

यस्तै, निर्धारित दूरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक जितेकी हुन् । एपीएफकी अनिता राइले निर्धारित दूरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दूरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै कास्य पदक जित्न सफल भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर