‘तिहार हंगामा’मा सलोन बस्नेत र आमेश भण्डारीको प्रस्तुती – Nepal Press

‘तिहार हंगामा’मा सलोन बस्नेत र आमेश भण्डारीको प्रस्तुती

काठमाडौं । आगामी कात्तिक ६ गते साँझ दरबार मार्गस्थित ‘लिक्कुइड लन्ज’ मा तिहार विशेष कार्यक्रम आयोजना हुने भएको छ । लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेश लाइभ म्युजिक नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनकोे आयोजना गर्दै तिहार विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइएको हो । उक्त कार्यक्रममा सलोनबाहेक ‘एफटी लिक्कुइड ब्याण्ड’ले पनि आफ्नो प्रस्तुती दिने छ । आयोजित पत्रकार सम्मेलनमा निर्देशक शेभित बस्नेत, सलोन, आमेष र ब्याण्डका सदस्य उपस्थित थिए ।

सलोन र आमेषले तिहार हंगामामा आफूहरुलाई धेरै भन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे । राती ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने कार्यक्रम आयोजक संजीव लामाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *