रवीन्द्र मिश्र भन्छन्- अपूर्वमाथि अति नगरौँ – Nepal Press

रवीन्द्र मिश्र भन्छन्- अपूर्वमाथि अति नगरौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्रले कमेडियन अपूर्व क्षितिज सिंहमाथि ज्यादती भएको बताएका छन् ।

उनले जातीय भावना कसरी कमजोर हुँदैछ भन्ने कुराको कमेडियन क्षितिजको घटनाबाट प्रष्ट भएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अति नगरौँ । जातीय भावना र सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना ।’

जातीय विद्वेष फैल्याउने सद्भाव विखण्डित पार्नेहरू छाती फुलाएर नेता भएर हिँडेको उनको भनाइ छ

‘जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाती फुलाएर, नेता भएर हिँडेका छन् । अपूर्व क्षितिजले माफी मागि सके’ उनले भनेका छन्, ‘युट्युबबाट कमेडी हटाइसके । तैपनि उनीमाथि यो ज्यादती । अति नगरौँ । समाज यसरी बिग्रियो भने त्यसको रापमा हामी र हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *