पुरुष फुटबलः स्वर्ण पदकका लागि आर्मी र एपिएफ भिड्दै – Nepal Press

पुरुष फुटबलः स्वर्ण पदकका लागि आर्मी र एपिएफ भिड्दै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् ।

पोखरा रंगशालामा १ बजे सुरु हुने खेलले स्वर्ण पदक विजेताको टुंगो लाग्नेछ ।

यस अघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

जारी नवौं खेलकुदमा आज आज सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर