महिला हक्कीमा आर्मीलाई स्वर्ण – Nepal Press

महिला हक्कीमा आर्मीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला हक्कीमा विभागीय टिम नेपाल आर्मी क्लब विजयी भएको छ । वुधबार भएको फाइनल खेलको टाइ ब्रेकरमा गण्डकी प्रदेशलाई ३-० को गोलको नतिजामा पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । टाइ ब्रेकरमा आर्मीका लागि सीता कुमारी चौधरी, सरस्वती तामाङ, सीता मायाले गोल गरे ।

त्यसअघि खेलको ९ औं मिनेटमा आर्मीको तर्फबाट सरस्वती तामाङले गोल गर्दै टिमलाई सुरुआती अग्रता बनाएकी थिइन् । त्यसको दुई मिनेट नबित्दै गण्डकीकी सबिना पुन रानाले बराबरी गोल फर्काएकी थिइन् । खेलको निर्धारित समयसम्म पनि खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकर भएको थियो ।

यस्तै, महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ । वुधबार बिहान भएको तेस्रो स्थानको खेलमा प्रदेश १ लाई २–० गोलको नतिजमा पराजित गर्दै कास्य जितेको हो । सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेका थिए । प्रतियोगितामा सात टिमको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर