ब्याडमिन्टनमा प्रिन्स र रसिला राष्ट्रिय च्याम्पियन – Nepal Press

ब्याडमिन्टनमा प्रिन्स र रसिला राष्ट्रिय च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनमा पुरुषमा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र महिलामा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन एकलतर्फ स्वर्ण जित्दै राष्ट्रिय च्याम्पियन बनेका छन् ।

पोखराको रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा सम्पन्न प्रतियोगिताको फाइनलमा पुलिसकै खेलाडी बिष्णु कटुवाललाई २१–११, २१–४ ले पराजित गर्दै प्रिन्स नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् । यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दिपेश धामी राष्ट्रिय च्याम्पियन भएका थिए । लुम्बिनी प्रदेशका ईरफान अन्सारी र आर्मीका प्रफुल महर्जनले कास्य पदक जिते ।

महिला एकलतर्फ रशिलाले आर्मीकै अनुमाया राईलाई २२–२०, २१–९ को नतिजामा पराजित गरिन् । रसिला आठौं राष्ट्रिय खेलकुदकी विजेता हुन् । पूर्व राष्ट्रिय च्याम्पियन नङ्गशलदेवी तामाङ र आर्मीकी अमिता गिरी संयुक्त तेश्रो हुँदै कास्यमा सिमित रहे ।

मिक्स युगल तर्फ नेपाल पुलिसका जीवन आचार्य र निता लम्सालको जोडिले आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीलाई २१–१२, २१–११ को नतिजामा पराजित गर्दै स्वर्ण पदक जिते ।

गण्डकीका विशाल खड्का र याम कुमारी गुरुङ्गको जोडी तथा सेनाका सुरोज महर्जन र अमिता गिरीको जोडी तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक प्राप्त गर्न सफल भए ।

महिला युगलतर्फ आर्मीका अमिता गिरी र रसिला महर्जनको जोडीले आर्मीकै प्राथना देउवा र अनुमाया राईको जोडीलाइ २१–१५, २२–२० ले पराजित गर्दै स्वण पदक जितेका हुन् । प्रदेश १ का रोजी राई र सृष्टि राईको जोडी तथा एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीले कास्य पदक प्राप्त गरे ।

पुरुष युगलमा आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाइको जोडीलाइ २१–१९, २१–१७ ले पर । तेश्रो स्थानमा पुलिसका जीवन आचार्य जित गर्दै स्वर्ण पदक जिते । विष्णु कटुवालको जोडी तथा गण्डकीका बिधान अधिकारी र भुगोल गुरुङ्गको जोडीले कास्ण् पदक जिते ।

आर्मीले ब्याडमिन्टनमा ७ मध्ये ५ स्वर्ण जितेको छ । नेपाल पुसिलसे २ स्वर्ण हात पार्‍यो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर