महिला भलिबल- एपीएफलाई स्वर्ण – Nepal Press

महिला भलिबल- एपीएफलाई स्वर्ण

पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल एपीएफ क्लबले स्वर्ण पदक जितेको छ । बेनीस्थित म्याग्दी खेल मैदानमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।

पहिलो सेट २५–१९ को नतिजामा जितेको एपीएफले प्रतिस्पर्धात्मक दोस्रो सेटमा ३०–२८ले विजयी भयो । तेस्रो सेट २६–२४ले आफ्नो पक्षमा पारे पनि पुलिसले चौथो सेट एपीएफाई २५–१९ ले सुम्पिँदै रजत पदकमा चित्त बुझायो ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै बाग्मती प्रदेशले कांस्य जितेको थियो । पुरुष भलिबलमा स्वर्णको छिनोफानो बिहीबार हुनेछ । फाइनलमा एपीएफ र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर