यातायात व्यवस्था विभागले ट्राफिकलाई दियो २ सय थान लाइसेन्स रिडर कार्ड – Nepal Press

यातायात व्यवस्था विभागले ट्राफिकलाई दियो २ सय थान लाइसेन्स रिडर कार्ड

काठमाडौं । अब स्मार्ट कार्ड लाइसेन्स चेकजाँच गर्न सहज हुने भएको छ । आज यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई २ सय थान लाइसेन्स रिडर मेसिन दिएको छ । लाइसेन्समा भएको चिप्सलाई रिड गर्ने छ ।

विद्युतिय चिपसहितको सवारी चालक अनुमितिपत्र २०१५ नोभेम्बर ३० देखि छपाई कार्य सुरु भएको थियो । हालसम्म २९ लाख ४५ हजार छपाई भईसकेको छ ।

एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकारद्वारा सञ्चालन भएको विभागको सुचना तथा सञ्चार प्रविधि आयोजनाअन्तर्गत ८४ लाख १८ हजार ६ सय ९६ बरावरको २०० थान स्मार्ट कार्ड रिडर र २०० थान स्याम कार्ड प्राप्त भएको हो ।

स्मार्ट कार्ड तथा स्मार्ट कार्ड बाहकहरुको आधिकारिकता पहिचान गर्न सहजताको लागि देशभित्र रहेका विभिन्न ट्राफिक कार्यालयहरुबाट स्मार्ट कार्ड चेकजाँच गर्नका लागि स्मार्ट कार्ड रिडर २०० थान, स्याम कार्ड १९८ थान तथा एप्लिकेशन सफ्टवेयर सिडि १ थान विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक दिवेश लोहनीलाई आज हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका उपकरण तथा सफ्टवेयरको प्रयोगवाट नेपाल प्रहरीलाई ट्राफिक व्यवस्थापनमा सहजता हुने अपेक्षा विभागले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *