आर्चरीमा गण्डकी टीम च्याम्पियन – Nepal Press

आर्चरीमा गण्डकी टीम च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । १३ स्पर्धामा भएको खेलमा ७ स्वर्णका, ४ रजत र १ काँस्यसहित १२ पदकसहित गण्डकी च्याम्पियन बनेको हो ।

दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, १ रजत र ५ काँस्यसहित ९ पदक जितेको छ । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब २ स्वर्ण, ३ रजत र ३ काँस्य पदकसहित तेस्रो भयो ।

चौथो स्थानकोे पुलिसले १ स्वर्ण, २ रजत र १ काँस्य जित्यो । प्रदेश १ ले २ रजत जित्दा सुदुर पश्चिमले १ रजत र २ काँस्य तथा वागमती प्रदेशले १ काँस्य मात्र जित्न सक्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर