भिटेनले २४ घण्टा नबित्दै किन राखे हटाएका गीत ? – Nepal Press

भिटेनले २४ घण्टा नबित्दै किन राखे हटाएका गीत ?

काठमाडौं । र्‍यापर भिटेन (समिर घिसिङ) ले आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएका गीतहरू पुन: राखेका छन् । १३ दिनअघिमात्र रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीतबाहेक भिटेनले आफ्नो च्यानलबाट सबै गीत हटाएका थिए । मंगलबार रातिबाट हटाएका सबै गीत उनले बुधबार दिउँसो पुन: सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालबाट एकाएक हराएपछि भिटेनको चर्चा बढेको थियो । इन्स्टाग्रामबाट तस्बिर र युट्युब च्यानल भिटेन म्युजिकबाट धेरै गीतहरू हटाउनुका साथसाथै उनले आफ्नो फेसबुक पेज पनि निष्क्रिय पारेका थिए । इन्स्टाग्रामबाट भने भिटेनले दुई वटाबाहेक अरु तस्बिर डिलिट गरेका थिए ।

गत सातामात्र जापानमा भएको कन्सर्टमा उनले सिसाको बोतल आफ्नै टाउकोमा फुटाएपछि हङगामा भएको थियो । इन्स्टाग्राम लाइभमा पनि जथाभावी बोल्दै उच्छृंखल गतिविधि गरेपछि भिटेनलाई फ्यानहरूले मानसिक स्वास्थ्यको ख्या गर्नसमेत सुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *