ज्याभ्लिन थ्रोमा चन्द्रकलालाई कीर्तिमानसहित स्वर्ण – Nepal Press

ज्याभ्लिन थ्रोमा चन्द्रकलालाई कीर्तिमानसहित स्वर्ण

पोखरा। नवौं राष्ट्रिय खृदकुद अन्तर्गत ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।
उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

सोही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् । एपीएफकी सीमाकुमारी थारुले ४५.२० सकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर