सुनचाँदीको मूल्य घट्यो – Nepal Press

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

यसअघि छापावाल सुनको प्रतितोला ९३ हजार च सय रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, यसअघि प्रतितोला ९२ हजार नौ सय रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *