खेल्न पाएँ त्यो नै खुशीको कुरा हो : गौरिका सिंह – Nepal Press

खेल्न पाएँ त्यो नै खुशीको कुरा हो : गौरिका सिंह

पोखरा । पौडी भन्ने बित्तिकै नेपालमा गौरिका सिंहको नाम जोडिने गरेको छ । हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेकी गौरिकाले जारी नवौं राष्ट्रिय खेलकुदमा अस्वस्थताका कारण राम्रो प्रदर्शन गर्न सकिनन् ।

त्यही पनि गौरिकाले ६ वटा पदक जितिन् । तीन स्वर्ण र एक कास्य उनले व्यक्तिगत विधामा जितिन् । उस्तै, दुई स्वर्ण टिम इभेन्टमा जितिन् ।

यसपटक राष्ट्रिय कीर्तिमान र स्वर्ण भन्दा पनि खेल्न पाउनु नै खुशीको कुरा भएको गौरिका बताउँछिन् । ‘बिरामी थिए गाह्रो भयो तर खेल्न पाउनु नै मेरो लागि खुशीको कुरा हो । आर्मीको प्रतिनिधित्व गरेर खेल्न पाउँदा खुशी भए । मलाई सबै टिममेट हरुले हौसला दिए । स्वास्थ्य राम्रो नहुँदा खेल्दा खेल्दै कत्ति पटक गाह्रो भयो तर खेल्नु नै ठूलो कुरा भयो । मेरो टाइमिङहरु पनि सन्तुष्ट हुने खालको थिएन,’ उनले भनिन् ।

पौडीमा एक छत्र राज पछिल्लो समय गौरिकाले नै गरिरहेकी थिइन् । यस पटक उनले बनाएको कीर्तिमानहरु तोडिएका छन् । पौडीमा प्रतिस्पर्धा बढी हुन थालेको छ । गौरिका प्रतिस्पर्धा बढेको र नेपालमा पौडीको विकास भएको देख्दा आफू सन्तुष्ट भएको बताउँछिन् ।

‘प्रतिस्पर्धा हुनु राम्रो हो । नेपालमा स्विमीङ झन् झन् राम्रो हुँदै गएको देख्दा खुशी लागेको छ । अहिले धेरै नयाँ खेलाडी आएका छन् सबै खेलाडी राम्रा छन् । यो देख्दा खुशी लाग्छ,’ उनले भनिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर