महिला फुटबल : एपीएफ फाइनलमा, पुलिस क्लबसँग भिड्ने – Nepal Press

महिला फुटबल : एपीएफ फाइनलमा, पुलिस क्लबसँग भिड्ने

पोखरा । त्रिभुवन आर्मी क्ल्बलाई १-० गोलको नतिजामा पराजित गर्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा एपीएफ क्लब फाइनल पुगेको छ ।

वालिङमा भएको खेलमा सवित्राको निर्णायक गोलमा एपीएफ फाइनल पुगेको हो । फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । निर्धारित समयसम्म पनि थप गोल हुन नसक्दा नतिजा एपीएफले आफ्नो पक्षमा बनाएको हो । यसअघि पहिलो सेमिफाइनलमा पुलिसले प्रदेश १ लाई पराजित गर्दै फाइनल पुगेको हो ।

अब आर्मी र प्रदेश १ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर