नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको डेब्युमै पुलिसलाई स्वर्ण – Nepal Press

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको डेब्युमै पुलिसलाई स्वर्ण

पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ ।

मङ्गलवार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा एपीएफ क्लबलाई ५ रनले पराजित गर्दै पुलिसले पहिलो सहभागितामै स्वर्ण जितेको हाे ।

पुलिस महिला क्रिकेट टिम बनाएर खेलेको पहिलो प्रतियोगितामै स्वर्ण जित्न सफल भएको हो ।

पुरुष तर्फ पनि क्रिकेटमा पुलिसले नै स्वर्ण जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर