मैदान बाहिर ब्राजिलका स्ट्राइकर रिचार्लिसन, विश्वकपअघि जोखिम मोल्न चाहँदैनन् – Nepal Press

मैदान बाहिर ब्राजिलका स्ट्राइकर रिचार्लिसन, विश्वकपअघि जोखिम मोल्न चाहँदैनन्

लन्डन । सामान्य चोट भए पनि ब्राजिलका स्ट्राइकर रिचार्लिसन आगामी दुई साता मैदान बाहिर रहने भएका छन् । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार एभर्टनविरुद्ध भएको खेलमा टोट्टनहामका यी खेलाडी घाइते भएका थिए ।

५२औं मिनेटमा उनलाई चोटका कारण बाहिर निकालिएको थियो । टोट्टनहामका प्रशिक्षक एन्टोनियो कोन्टेले चोट गम्भीर नभए पनि रिचार्लिसनले विश्वकपअघि जोखिम मोल्न नचाहेको बताएका छन् ।

‘रिचार्लिसनले विश्वकपलाई जोखिममा राख्न चाहेका छैनन्’, विश्वकपअघि क्लबका लागि मैदान फर्कने आशा व्यक्त गर्दै कोन्टेले भनेका छन् । यता २५ वर्षीय रिचार्लिसनले दुई सातापछि आफू मैदान फर्कने उल्लेख गरेका छन् । उनी ब्राजिलले आशा गरेका खेलाडी हुन् ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ३८ खेल खेल्दै १७ गोल गरेका उनी पछिल्लो समय लयमा भने देखिएका छैनन् । उनले यो सिजन टोट्टनहामका लागि १३ खेल खेले पनि दुई गोलमात्र गरेका छन् । टोट्टनहामले गत जुलाईमा रिचार्लिसनलाई ६० मिलियन पाउन्डमा एभर्टनबाट भित्र्याएको थियो ।

ब्राजिलले दुई सातापछि विश्वकपका लागि टोली घोषणा गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर