राष्ट्रिय खेलकुदको पुरुष खोखो सेमिफाइनल समीकरण पूरा – Nepal Press

राष्ट्रिय खेलकुदको पुरुष खोखो सेमिफाइनल समीकरण पूरा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पोखरा रंगाशालास्थित हेन्डबल कोर्टमा जारी खेलमा ग्रुप ‘ए’ बाट समूह विजेता बन्दै विभागीय टीम नेपाल आर्मी र उपविजेता वागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् । त्यस्तै, ग्रुप ‘बी’ बाट समूह विजेताका रूपमा लुम्बिनी प्रदेश र उपविजेताका रूपमा प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान समूह ‘ए’ का विजेता आर्मी र ग्रुप ‘बी’ का उपविजेता प्रदेश नं १ र दोस्रो खेलमा समूह ‘बी’ का उपविजेता र समूह ‘ए’ का विजेता पुरुष टोलीबीच हुनेछ ।

असोज ३० गतेबाट सुरू भएको खोखो प्रतियोगितामा २ विभागीयसहित ९ टीम सहभागी थिए । खेल कात्तिक ३ गते सकिनेछ । महिला टोलीको समूह चरणको अन्तिम खेल रंगशालामा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर