नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा बाग्मतीलाई कास्य – Nepal Press

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा बाग्मतीलाई कास्य

पोखरा । सुमन खतिवडा र बिपिसा शाहीको उत्कृष्ट प्रदर्शनमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा बाग्मती प्रदेशले कास्य पदक जितेको छ ।

मंगलबार पोखरा रंगाशाला क्रिकेट मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बाग्मतीले कास्य जितेको हो ।

टस जितेर पहिला फिल्डिङ गरेको बाग्मतीलाई निर्धारित २० ओभरमा लुम्बिनीले ९ विकेट गुमाएर ८८ रनको लक्ष्य दिएको थियो ।

कर्णालीले दिएको विजयी लक्ष्य पछ्याएको बाग्मतीले १६.१ ओभरमा ३ विकेट गुमाएर ८९ रन बनायो ।

बाग्मतीका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान गरिन् । ओपनर अस्मिता खरेलले २० रन, कञ्चन श्रेष्ठले १० रन र अनिसा माझाकोटीले १० रन बनाए ।

कर्णालीको बलिङमा कृतिका मरासिनीले २ तथा सुस्मिता भुसालले १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले ३० रन र सुस्मिता भुसालले १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बाग्मतीको बलिङमा बिपिसा शाहीले सर्वाधिक ४ विकेट लिइन् । खुशी डंगोलले ३ तथा सोनी पाख्रिनले २ विकेट लिए ।

महिला क्रिकेटमा आजै स्वर्ण पदकका लागि नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर