एथलेटिक्सः ४ सय मिटरमा रमितालाई स्वर्ण – Nepal Press

एथलेटिक्सः ४ सय मिटरमा रमितालाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा एपीएफकी रमिता कुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

पोखरा रंगाशालामा ट्रायकमा मंगलबार बिहान सम्पन्न ४ सय मिटर महिला तर्फको दौडमा एपीएफकी रमिता कुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । उनले निर्धारत दुरी ५८.१० सेकेन्डमा पुरा गरिन् ।

तुलषा खत्रीले २०१९ मा बनाएको ५८.५०सेकेन्डको रेकर्ड रमिताले तोडेकीहुन् । आर्मीकी निर्मला थापा निर्धारित दुरी १ मिनेट ००.१४ सेकेन्डमा पुरा गर्दै दोस्रो भइन् ।

एपीएफकी कल्पना श्रेष्ठले निर्धारित दुरी १ मिनेट ००.६० सेकेन्डमा पुरा गर्दै कास्य जितिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर