गायक बरालको ‘गणेश वन्दना’ सार्वजनिक – Nepal Press

गायक बरालको ‘गणेश वन्दना’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार मनिष रञ्जन बरालको ‘गणेश वन्दना’ सार्वजनिक भएको छ। कार्तिक कृष्ण अष्टमी, मंगलबारको दिन पारेर उनले ‘गणेश वन्दना’सार्वजनिक गरेका हुन्।

भजनका शब्द रचनाकार पं।शंकरान नंविशन हुन् भने लय प्रशान्त शंकरले भरेका छन् यि दुवै दक्षिण भारतका चर्चित संगीतकार पनि हुन्। गायक बराल उनीहरुको संगीतमा आफुले केवल गाउने प्रयास गरेको र चर्चित श्रष्ठाहरुको संगीतमा आफुले गाउने मौका पाउनु यस्लाई ठूलो अवसरको रुपमा लिएको बताउँछन्।

यस भजन दक्षिण भारतकै बाल गायिका सूर्य गायत्रीको स्वरमा २ वर्ष अगावै रेकर्ड भईसकेको थियो तथापि भजनमा बरालको स्वर दिने पक्का पक्कि भएपछि राजन कार्कीले यस्लाई नयाँ संस्करणमा एरेन्ज गरेका हुन् ।

धुनकला केन्द्रमा रेकर्ड गरिएको भजनको भिडियोमा पनौतिको गोरखनाथ र मुक्तिनाथ मन्दिर देख्न सकिन्छ। भिडियोको छायांकन र सम्पादन राज मल्लले गरेकाहुन्।

लामो समय देखि सांगीतिक क्षेत्रमा रहेका बरालले दर्जनौँ भजनहरु रेकर्ड गराईसकेकाछन् र थुप्रै भजनहरु आउने क्रममा रहेको पनि उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *