अपूर्व क्षितिज पुनः प्रहरीको नियन्त्रणमा – Nepal Press

अपूर्व क्षितिज पुनः प्रहरीको नियन्त्रणमा

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पुन: हिरासतमा लिएको छ । नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दै यसअघि उनीमाथि अनुसन्धान गरिएको थियो ।

अनुसन्धान सकिएपछि अदालत जानेबेलामा बिरामी भएपछि छोडिएको थियो । त्यही केस बुझाउनका लागि हिरासतमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘अस्तिको मुद्दा बुझाउन बाँकी थियो, त्यसैका लागि नियन्त्रण गरिएको हो ।’ भोलि वा पर्सि मुद्दा बुझाइने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *