अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने – Nepal Press

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने भएका छन् । काठमाडौंस्थित रिङरोडमा अवस्थित तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत एक भिडियोसहित उनले आफ्ना सम्पूर्ण शुभचिन्तकलाई सो खबरबारे जानकार गराएका हुन। धेरै अगाडीदेखि आँखा दान गर्ने सोच भएतापनि अहिले आएर आफ्नो सपना पुरा भएको उनले आफ्नो भिडियोमार्फत बताएका छन् ।

समय मिलाएर केही अस्पतालहरूसँग सल्लाह गरेर श्रेष्ठले आफ्नो मिर्गौला र मुटु पनि दान गर्ने बताए । केही समय यतादेखि सामाजिक कार्यमा सक्रिय देखिएका श्रेष्ठको आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *