विश्वकै सबैभन्दा सुन्दर महिलाको सूची- दीपिका पादुकोण नवौँ नम्बरमा – Nepal Press

विश्वकै सबैभन्दा सुन्दर महिलाको सूची- दीपिका पादुकोण नवौँ नम्बरमा

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण संसारको दस सबैभन्दा सुन्दर महिलाको सूचीमा परेका छिन। किम कार्दशियन, बेला हदिद, बेयोन्स र एरियाना ग्रान्डेसँगै विश्वका दस सुन्दर महिलाको सूचीमा पर्ने पादुकोण एक मात्रै भारतीय नागरिक हुन् ।

पादुकोण नवौँ सुन्दर महिलाको सूचीमा परिराख्दा विज्ञानका अनुसार उता हलिउड अभिनेत्री जोडी मेरी कोमर भने विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी छिन् । अन्य दाबेदारहरू जस्तै अभिनेत्री जेन्ड्या र मोडेल बेला हदीदले शारीरिक योग्यता पूरा गरी विश्वको सबैभन्दा सुन्दर महिलाको रूपमा क्रमशः दोस्रो र तेस्रो स्थानमा आफ्नो नाम पार्न सफल भएका छन् ।

जोडी मेरी बाहेक दसको सूचीमा अन्य सेलिब्रेटीहरू जेन्ड्या, बेला हदिद, बेयोन्स, एरियाना ग्रान्डे, टेलर स्विफ्ट, जोर्डन डन, किम कार्दशियन, दीपिका पादुकोण र होयोन जंग परेका छन् ।

सुन्दरताको मापन गर्न ‘गोल्डेन रेसियो अफ ब्युटी’ भनिने पुरानो ग्रीक प्रविधि प्रयोग गरिएको हो। प्रतिवेदनका अनुसार ‘गोल्डेन रेसियो अफ ब्युटी’ जसलाई फी पनि भनिन्छ, एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्नका लागि सूत्रहरू प्रयोग गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *