नेपालबाट भारतमा सिमेन्ट निर्यात बढ्दै, अर्घाखाँचीले पनि सुरु गर्‍यो निर्यात – Nepal Press

नेपालबाट भारतमा सिमेन्ट निर्यात बढ्दै, अर्घाखाँचीले पनि सुरु गर्‍यो निर्यात

काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्नो आफ्नो उत्पादन भारत निर्यात सुरु गरेको छ ।

अर्घाखाँची सिमेन्टले २ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको हो । कम्पनीले आज २ ट्रकमा सिमेन्ट निर्यात गरेको बताएको छ । कम्पनीले भारतको यूपी सहरमा सिमेन्ट निर्यात गरेको हो ।

सिमेन्ट कम्पनीका सञ्चालक पशुपति मुरारकाले सिमेन्ट निर्यात गर्दा एउटा सपना पूरा भएको बताए । उद्योग विभागका अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिजले यसअघि नै सिमेन्ट भारत निर्यातको सुरुवात गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *