बैंकमा एक सातामा ८ अर्ब निक्षेप थपियो, नयाँ कर्जा प्रवाह भएन – Nepal Press

बैंकमा एक सातामा ८ अर्ब निक्षेप थपियो, नयाँ कर्जा प्रवाह भएन

काठमाडौं । वाणिज्य बैंकहरुमा पछिल्लो एक सातामा ८ अर्ब नयाँ निक्षेप थपिएको छ । बैंकर्स संघको तथ्यांक अनुसार असोज २८ गतेसम्म ८ अर्ब रुपैयाँले निक्षेप थपिएर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । तर नयाँ कर्जा प्रवाह भने भएको छैन ।

बैंकहरुले हालसम्म ५१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकर्स संघका अनुसार असोज पहिलो साता बढेको निक्षेप दोस्रो साता पनि केही बढेको थियो तर तेस्रो साता भने घटेको थियो । असोज अन्तिम साता पुन बढेको छ ।

बैंकहरुले आकर्षक ब्याजदर दिएपनि अपेक्षित निक्षेप भने बढ्न सकेको छैन ।

बैंकमा लगानी योग्य रकमको अभावका कारण थप नयाँ कर्जा समेत प्रवाह नभएको बै|कर्स संघको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *