व्यवसायीले भन्न थाले- ‘बैंकले पीडा दिन थाल्यो, आड र भरोसा चाहिएको छ’ – Nepal Press

व्यवसायीले भन्न थाले- ‘बैंकले पीडा दिन थाल्यो, आड र भरोसा चाहिएको छ’

काठमाडौं । कोरोनापछि नेपालको उद्योग व्यवसाय राम्रोसँग चल्न सकेको छैन । उद्योग व्यवसाय समस्यामा नै भएका बेला सरकारबाट खासै सहयोग नपाएका व्यवसायीलाई बैंकले पनि समस्यामा पार्न थालेको छ ।

कोभिड–१९ को पोस्ट रियाक्सन, युक्रेन–रुस युद्ध र संसारभर नै प्रतिकूल बनेको अर्थतन्त्रले नेपाली उद्योगी व्यवसायीहरू प्रभावित भएका छन् । ऋण लिएर गरेको व्यवसाय नै समस्यामा पर्दै गएको छ ।

होटेल संघ पोखराका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले उद्योगी व्यवसायीलाई बैंकले मानसिक पीडा दिएको बताए ।

उनले भने, ‘ऋण लिएपछि तिर्नुपर्छ, मृत्युपछि पनि ऋणले छाड्दैन भन्ने कटु सत्य हामीलाई थाहा छ । हामी हाम्रो घरजग्गा बेचेर पनि ऋण तिर्न चाहन्छौँ तर नेपाल सरकारले जारी गरेको नियमानुसार पालिकाहरूले जग्गाको वर्गीकरण नगरिदिएकाले हामीले आफ्नै जग्गासमेत बेच्न पाएका छैनौँ । बैंक र हामी बीचको विश्वासमा टिकेको हुन्छ । यो विश्वास भत्कँदा समग्र अर्थतन्त्र नै प्रभावित बन्न पुग्छ ।’

हिजो अनुकूल समय हुँदा हामीले बैंकमा पैसा थुपार्दिएको तर आज व्यवसाय समस्यामा पर्दा बैंकले पेल्दै गएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *