पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा के होला ? – Nepal Press

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, नेपालमा के होला ?

काठमाडौं । ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्यसूची बढेर आएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

असोज १५ गते ईण्डियन कर्पोरेशनले पठाएको मूल्य केही घटेर आएको र २० महिनाको अन्तरालपछि निगमलाई नाफा भएको तर पुनः आज आएको नयाँ मूल्यले निगमलाई डिजेल र हवाई इन्धनमा धेरौ घाटा रहेको विज्ञप्तिमा भनिएको छ ।

नयाँ मूल्यमा पेट्रोलमा प्रतिलिटर १.७४, डिजेलमा १५.६० र हवाई इन्धनमा १०.२५ रुपैयाँले बढेर आएको छ । यससँगै डिजेलमा प्रटिलिटर ६.३४ रुपैयाँले घाट रहेको निगमले जनाएको छ । त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर ३२५.४४ रुपैयाँले घाटा रहेको छ । निगमका अनुसार नयाँ मूल्यमा १५ दिनमा पेट्रोल, मिट्टतेल र हवाई इन्धनमा हुने नाफा जाडेर नगमलाई ३९ करोडको मुनाफा हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *