नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदुरपश्चिम प्रदेश विजयी – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदुरपश्चिम प्रदेश विजयी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा सुदुरपश्चिम प्रदेश विजयी भएको छ ।

आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५-२१ स्कोरमा हराउँदै सुदुरपश्चिम विजयी भएको हो । प्रतियोगिताको पहिलो क्वार्टरमा सुदुरपश्चिम १२-३ स्कोरमा विजयी भएको थियो । दोस्रो क्वार्टर ११-७ ले जितेको सुदुरले तेस्रो क्वार्टर निकै प्रतिस्पर्धात्मक भएको खेलमा ६-६ स्कोर भएको थियो । सुदुरपश्चिमले अन्तिम क्वार्टरमा उत्कृष्ट प्रर्दशन गरि १६-५ को अकं जोड्दै मधेस प्रदेशलाई पराजित गरको हो ।

यसअघि सुदुरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मीसँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर