गौरिकालाई १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण – Nepal Press

गौरिकालाई १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण

पोखरा । त्रिभुवन आर्मी क्लबकी खेलाडी गौरिका सिंहले महिला १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन् ।

उनले निर्धारित दूरी १ मिनेट ०५.५० सेकेन्डमा पूरा गरिन् । सोही इभेन्टमा गैरआवासीय नेपाली संघ (एनआरएनए)की एस्ली सापकोटा डंगोलले रजत पदक जितेकी छन् । उनले १ मिनेट ०८‍.७९ मा निर्धारित दूरी पूरा गरिन् ।

यस्तै, त्रिभुवन आर्मी क्लबकी अनुशिया तण्डुकारले १ मिनेट १३.८० सेकेन्डमा पूरा गरेकी थिइन् ।

यसअघि उनले स्वास्थ्यमा समस्या आएका कारण चार वटा इभेन्ट छाडेकी थिइन् । शनिबार पनि तीन वटा स्पर्धा परित्याग गरेकी गौरिकाले आइतबार भने हिटमा प्रतिस्पर्धा गरिसकेपछि फाइनल स्पर्धा त्यागेकी थिइन् ।

हिटमा उनी आफ्नै क्लबकी डुआना लामासँग पछि परेकी थिइन् । हिटमा डुआनाले २ मिनेट १६.३४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दा गौरिकालाई भने २ मिनेट १८.७१ सेकेन्ड लागेको थियो ।

तीन वर्षअघि काठमाडौंमा भएको सागको प्रतियोगितामा गौरिकाले २ मिनेट ०५.०६ सेकेन्डको टाइमिङका साथ स्वर्ण पदक जितेकी थिइन ।

जारी प्रतियोगितामा सहभागिता जनाएका ११ मध्ये गौरिकाले त्यागेको यो चौथो इभेन्ट्स हो । आइतबार नै भएको ८०० मिटर फ्रिस्टाइल छोडेकी थिइन् । शनिबार १ सय मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा पुगेर पनि छाडेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर