नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु – Nepal Press

नवौं राष्ट्रिय खेलकुदः प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङ्कोटमा भइरहेको प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु भएको छ ।

प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट जमिनमा खस्दा नेपाल त्रिभुवन आर्मी क्लवका कास्कीको पोखरा महानगरपालिका– १० अस्पताल चोक बस्ने २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

प्याराग्लाइडिङबाट खसेर घाइते भएका उनलाई उपचारको लागि मेट्रो सिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर