आइटिएफ तेक्वान्दोमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण – Nepal Press

आइटिएफ तेक्वान्दोमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

पोखरा। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको छ ।

नीलो बेल्टतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो बेल्ट पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो बेल्ट महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।

रातो बेल्टतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हाँसिल गरेका छन् ।

नीलो बेल्टमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो बेल्टमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र निलो बेल्ट महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

आइटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबारदेखि सुरु हुदैछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् ।

आइटिएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेल हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर